काबुलको अन्तर्राष्ट्रिय होटलमा बन्दुकधारीको आक्रमण

एजेन्सी: अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अन्तर्राष्ट्रिय होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । कम्तिमा चारजना आक्रमणकारीले काबुलको अन्तर्राष्ट्रिय होटलमा आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् ।

सुरक्षाकर्मीको कारवाहीमा दुई आक्रमणकारी मारिएका छन् । अरु बन्दुकधारीलाई पनि निशाना बनाउने प्रयास भइरहेको आन्तरिक मामिला सम्बन्धी मन्त्रालयले जनाएको छ । बन्दुकधारीले स्थानीय समय अनुसार शनिबार राति ९ बजे होटलमा आक्रमण गरेका हुन् ।

उनीहरुले होटलमा रहेका पाहुनालाई लक्षित गरी गोली चलाएको तथा ग्रिनेट प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ । घटनामा कतिको ज्यान गयो भन्ने खुलेको छैन । तर कम्तिमा ५ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like