दक्षिण कोरियाको अस्पतालमा आगलागीमा ३७ जनाको ज्यान गयो

एजेन्सी: दक्षिण कोरियाको सिजङ अस्पतालमा भएको आगलागीमा ३७ जनाको ज्यान गएको छ । ४१ जनाको ज्यान गएको जनाए पनि अधिकारीले त्यसलाई सच्याउँदै ३७ जनाको ज्यान गएको बताएका छन् ।

A firefighter inspects the gutted hospital in Miryang. Photo: 26 January 2018

दक्षिण कोरियाको दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा शुक्रबार लागेको आगोमा १३० भन्दा बढी घाइते भएका छन् । अस्पतालको आकस्मिक कक्षबाट लागेको आगो शुक्रबार निकै समयपछि नियन्त्रणमा आएको थियो ।

झण्डै २०० जना बिरामी अस्पतालमा रहेको बेला शुक्रबार बिहान अस्पतालमा आगलागी भएको थियो । आगलागीमा ३ जना अस्पतालका कर्मचारी डाक्टर, नर्स र सहयोगी नर्सको ज्यान गएको छ ।

सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पतालमा ३५ जना कर्मचारी कार्यरत भएको बीबीसीले जनाएको छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like