माओवादी पदाधिकारीको अनौपचारिक बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा पार्टी नेताहरूको सुझाव लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक छलफल गरेको नेता डोरप्रसाद उपाध्यायले बताए । ‘प्रधानमन्त्री ज्यूले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा पार्टीबाट सुझाव लिन अनौपचारिक पदाधिकारी बैठक बोलाउनु भएको हो । पार्टीका नेताहरूले प्रधानमन्त्री ज्यूलाई सुझाव दिनु हुने छ’ उपाध्यायले भने, ‘रास्वपालाई सरकार ल्याउने कि नल्यायाउने, ल्याएपनि कसरी ल्याएर सरकारमा व्यवस्थापन गर्ने विषयमा छलफल हुने छ ।’

पछिल्लो नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन ठगी एको विषयमा समेत छलफल हुने उपाध्यायले बताए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा एमाले उपाध्यक्ष रामबहादुर थापासहित सचिव टोपबहादुर रायमाझी मुछिएको विषयमा समेत बैठकमा एजेण्डा बनाएको हो ।

You May Also Like