प्रहरीले बोलाइको बेला उपस्थित हुन्छु: पूर्वगृहमन्त्री खाँण

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छोडेको छ ।

सोमबार काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँणलाई आवश्यक परेको बेला बयानका लागि उपस्थित हुने कागज गराइएको प्रहरी स्रोतले बताएको हो । खाँणले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको पनि प्रहरीले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा खाँणकी पत्नी मञ्जु खाँणले पनि रकम बुझेको अडियो सार्वजनिक भएको छ ।

तर खाँण दम्पतिले भने उक्त अडियो आफ्नो नभएको र सो प्रकरणमा आफूहरुको संलग्नता भएको भन्ने समाचारमा सत्यता नभएको बताउँदै आउनुभएको छ । त्यस्तै, भुटानी शरणार्थी शिविरमा गएर बिचौलियाहरुसँग छलफल गरेको भन्ने समाचारप्रति उहाँले आपत्ति जनाउनुभएको छ ।

उहाँले पूर्वगृहमन्त्री खाणले विज्ञप्ति जारी गरेर आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या नगर्न आग्रह गर्नुभएको छ ।

You May Also Like