थप एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो । सोही अवधिमा ४३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

१ हजार ३०१ जनाको नमुना परीक्षणका क्रममा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ५० जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

You May Also Like