गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले शनिबार दिउँसो ३ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।

गत पुस २५ गते नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउनका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

गण्डकीको नयाँ सरकारका लागि नेपााली कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका छन् । २७ सांसदसहित प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसबाट दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमानको पनि दाबी छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा ९एमाले० का २२, माओवादी केन्द्रका ८, राप्रपाका २ तथा स्वतन्त्र १ सांसद छन् ।

You May Also Like