विराटनगरमा झडप हुँदा प्रहरीले हान्यो अश्रुग्यास

विराटनगर । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुन: नामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको हो । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

You May Also Like