मेस्सीको बयान गर्न शब्द बाँकी छैन – प्रशिक्षक, आज ६ सयौँ खेल

लालिगाको जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोनाले शनिबार घरेलु मैदानमा सेभियासँग खेल्दैछ । यो सिजनमा अपराजित रहँदै बार्सिलोनाले १० खेलबाट २८ अंक जोडेको छ ।

सेभिया १९ अंकसहित अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । शनिबारको खेलमा बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सक्छ कि सक्दैन भन्ने त छँदैछ, त्यो भन्दा महत्वपूर्ण शनिबारको खेल स्टार खेलाडी लियोनल मेसीका लागि निकै नै महत्वपूर्ण र अविस्मरणीय रहनेछ ।

लियोनल मेस्सीले शनिबार बार्सिलोनाबाट आफ्नो ६ सयौँ खेल खेल्नेछन् । पाँच पटकका बालोन डि ओर अवार्ड विजेता मेस्सी बार्सिलोनामा ६ सय खेल खेल्ने तेस्रो खेलाडी हुनेछन् । बार्सिलोनाबाट जाभी हर्नान्डेजले ७ सय ६७ खेल खेलेका छन् भने अहिलेका कप्तान आन्द्रेस इनियस्ताले ६४२ खेल खेलेका छन् ।

३० वर्षीय अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले सन् २००४ मा बार्सिलोनाबाट खेल्न सुरु गरे यता ५ सय ९९ खेलबाट ५ सय २३ गोल गरेका छन् । लियोनल मेस्सी अहिलेसम्म बार्सिलोनाबाट सबै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हेन् । त्यस्तै लालिगामा पनि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा मेस्सी नै अगाडि छन् । उनले जारी सिजनमा १० खेलमा १२ गोल गरेका छन् भने ३ वटा असिस्ट गरेका छन् । बार्सिलोनाले १० खेलमा २८ गोल गरेको छ भने ३ गोल मात्रै खाएको छ ।

मेस्सीको ६ सयौँ खेल पूरा हुनै लाग्दा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो धालभर्देले मेसीको प्रशंसा गरेका छन् । उनले पत्रकारहरुसँगको कुराकानीमा भनेका छन्, ‘एउटै क्लबबाट ६ सय गोल, उनले गरेका गोल, असिस्ट, एकदमै असाधारण छ ।’ प्रशिक्षक भालभर्देले यो खेल मेसीको ६ सय खेलको मात्रै कुरा नभएको बताउँदै उनले कस्तो खेले भन्ने कुरा पनि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मेस्सीको फुटबल करिअर र बार्सिलोनामा पुर्‍याएको योगदानलाई वर्णन गर्न हामीसँग कुनै शब्द नै बाँकी छैन ।’

Click For Video
CLICKCLICK

जानकारी: रारा सञ्चार अनलाईनलाई तपाई फेसबुकमा (यहाँ), ट्विटरमा (यहाँ) र युट्युबमा (यहाँ) फ्लो गर्न सक्नुहुनेछ ।

You May Also Like