हावाहुरीले प्रभावित उडान पुनः सञ्चालनमा

काठमाण्डौ । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । आज दिउँसोदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो ।

हावाहुरीले हवाई उडान प्रभावित

हुरीका कारण आन्तरिकतर्फ उडान डिले हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउँदै होल्डु भएका थिए । भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र कतारको दोहाबाट आएको कतार एअरवेजको जहाज होल्डमा परेका थिए ।

अहिले नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय ठाउँमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।

You May Also Like