रास्वपाले तोक्यो ३६ विभागीय प्रमुख, अर्थमा स्वर्णिम वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ वटा विभागका विभागीय प्रमुख तोकेको छ । सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले विभाग र विभागीय प्रमुख तोकेको हो ।

बैठकले अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्लेलाई तोकेको छ । यस्तै नीति तथा विचार विभाग प्रमुखको जिम्‍मेवारी मुकुल ढकाललाई दिइएको छ भने कविन्द्र बुर्लाकोटी संगठन विभाग प्रमुखको जिम्‍मेवारी पाएका छन् ।

यस्तै शिशिर खनाललाई अन्तराष्ट्रिय विगभाग प्रमुख, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुख हरि ढकाल, शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुख अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुख मनिष झालाई तोकिएको छ ।

हेर्नुहोस् कुन विभागको प्रमुख को?

१) नीति तथा विचार विभाग – डा. मुकुल ढकाल
२) प्रशिक्षण विभाग – डा. मुकुल ढकाल
३) संगठन विभाग – कविन्द्र बुर्लाकोटी
४) अभियान तथा प्रचारप्रसार विभाग – विपिन आचार्य
५) अन्तराष्ट्रिय सम्बन्ध विभाग – शिशिर खनाल
६) प्रवास नेपाली सम्पर्क विभाग – डोलप्रसाद अर्याल
७)  मानवीय विकास प्रवर्द्धन विभाग – कुसुम महर्जन
८) केन्द्रीय च्ब्त् संयोजना विभाग – विष्णु कुमार श्रेष्ठ
९) उत्पादन प्रवर्द्धन विभाग – रामकृष्ण भट्टराई
१०) नेतृत्व क्षमता तथा मानव संसाधन विभाग –  खुश्बु सरकार श्रेष्ठ
११) जनसम्पर्क विभाग – दिपक बोहोरा
१२) भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग – हरि ढकाल
१३) आर्थिक व्‍यवस्थापन विभाग – लिमा अधिकारी
१४) गुनासो व्‍यवस्थापन विभाग – डा. चन्दा कार्की
१५) विकास योजना तथा नीति तर्जुमा विभाग – डा. अरनिको पाण्डे
१६) तथ्याङ अनुसन्धान तथा अभिलेखीकरण विभाग – मनिष झा
१७) विधेयक मन्थन विभाग – गणेश कार्की
१८) गैरआवासीय नेपाली सम्पर्क विभाग – अर्जुन अधिकारी
१९) कानुन तथा न्याय विभाग – सोविता गौतम
२०) अर्थ नीति विभाग – डा. स्वर्णिम वाग्ले
२१) सार्वजनिक लेखा समीक्षा विभाग – मनिष झा
२२) शिक्षा विभाग – सुमना श्रेष्ठ
२३) स्वास्थ्य तथा जनसंख्या विभाग – डा. तोसिमा कार्की
२४) कृषि विभाग – अशोक चौधरी
२५) पर्यटन तथा संस्कृति विभाग – शिशिर खनाल
२६) मुद्रा तथा पूँजी बजार विभाग – विराज भक्त श्रेष्ठ
२७) उद्योग तथा वाणिज्‍य विभाग – गणेश पराजुली
२८) श्रम तथा उपभोक्ता हित विभाग – असिम शाह
२९) यातायात विभाग – शिव नेपाली
३०) पूर्वाधार विकास अनुगमन विभाग – निशा डाँगी
३१) युवा तथा खेलकुद विभाग – डा.तोसिमा कार्की
३२) विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग – सुमना श्रेष्ठ
३३) मानव अधिकार विभाग – सन्तोष परियार
३४) सहकारी विभाग – अशवक चौधरी
३५) वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग – विनिता कठायत
३६) महिला तथा सामाजिक विकास विभाग – लक्ष्मी तिवारी

You May Also Like