कांग्रेसमा किचलो, अन्यौलमा मन्त्रीको सपथ

सुर्खेत । सिनियर नेताको नाम सिफारिस नगरिएको विषयले कांग्रेस कर्णालीमाा असन्तुष्टि देखिएपछि बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको सपथ अन्यौल बनेको छ । मंगलवार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच बनेको नयाँ समिकरण अनुसार मंगलवार कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरेको थियो ।

तर, सिनियर नेताहरुलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरुले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि पार्टी सभापति शेरबहादुर देवाउवाको सचिवाल मार्फत मुख्यमन्त्री शर्मालाई दवाव आएपछि सपथ रोकिएको कांग्रेस स्रोतले दावी गरेको छ । जाजरकोटका प्रदेशसभा सदस्य राजिवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरुले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ ।

कांग्रेसले मंगलवार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने कांग्रेस सरकारमा पठाउने निणर्य गरेको थियो ।

You May Also Like