देशमा संकट विद्यमान छ, कुन बेला के हुन्छ थाहा छैन: महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश सरकारबिहीन भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको बताउनुभयो ।

उहाँले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको बताउनुभयो । उहाँले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताउनुभयो । उहाँले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताउनुभयो ।

महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताउनुभयो । उहाँले नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताउनुभयो ।

महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेहबाट राज्य सञ्चालन हुनै नसक्ने बताउनुभयो ।

You May Also Like