भोलि नेपाल बन्द छैन

काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको प्रष्ट पारेको हो । प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि भूमिगत भएका एक नेताले उज्यालो अनलाइनसँग भने ‘हामीले बन्द आह्वान गरेका छैनौं । हल्ला कहाँबाट आयो थाहा छैन ।’

You May Also Like