मुगुमा चारवटै स्थानीयतहमा नेकपा माओवादी केन्द्रको नेतृत्व सर्बसम्मत चयन ।

नेकपा माओवादी केन्द्रले मुगु जिल्लाको ४ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मुगुमा १ नगरपालिका ३ गाउपालिका रहेका छन् ।

माओवादी केन्द्रले मंसिर ७ गते देखि स्थानीयतहमा प्रारम्भ गरेको प्रथम सम्मेलन बाट निर्बिरोध रुपमा नेतृत्व चयन गर्न सफल भएको छ । जस अनुसार

छायाँनाथ रारा नगरपालिकामा ७ जनाको पदाधिकारी सहित ६५ जनाको नगर कमिटीमा अध्यक्ष सुवास चन्द बुढा उपाध्यक्षमा देबिकृष्ण रोकाया कर्ण बहादुर कुमाल, र केशव चौलागाई सचिव रत्न बडुवाल,सहसचिवमा दिलमाया महतरा र कोषाध्यक्षमा मधुली नेपाली सर्बसम्मत चयन भएका छन ।

त्यस्तै मुगुम कार्मारोङ गाउँपालिकामा ७ जनाको पदाधिकारी सहित ५५ जनाको गाउँ कमिटिमा अध्यक्ष सुनबहादुर रोकाया, उपाध्यक्षमा आङडाक लामा, छुकीआङमु तामाङ र पेमाछेवाङ तामाङ सचिवमा पेमा लामा चिन्तन, सहसचिवमा बीरसिह बुढा र कोषाध्यक्षमा दावाछिरिङ लामा सर्बसम्मत चयन भएका छन ।

त्यसै गरि सोरु गाउँपालिकामा ७ पदाधिकारी सहित ५५ जनाको गाउँ कमिटिमा अध्यक्ष जयलाल मल्ल, उपाध्यक्षमा राजेन्द्र बुमी जयरुप परियार र कुसु मल्ल सचिवमा प्रदिप बुढा सहसचिवमा रतनबहादुर शाही र कोषाध्यक्षमा अस्मिता मल्ल चयन गरिएको छ ।

त्यस्तै खत्याड गाउँमा पनि ७ जना पदाधिकारी सहितको ५५ सदस्यीय गाउँ समितीमा अध्यक्ष- भरत बहादुर शाही उपाध्यक्ष- मणिचन्द्र कार्की, लालभक्त संज्याल, नन्दा तिवारी, सचीव- जंग बहादुर कार्की, सहसचिव- विषेश्वर प्रसाद शर्मा र काेषाध्यक्ष- मोहनलाल बिक बिक निर्बिरोध रुपमा चयन भएका छन ।
मुगुको चार वटै स्थानीयतहको प्रथम सम्मेलनमा निर्बिरोध रुपमा नेतृत्व चयन गर्न पार्टी सफल भएको र अब मुगुमा पाटिलाई पहिलो नम्बर बनाउन संठठन सुदृढीकरण अभियान चलाउने माओबादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाहीले बताए ।

जिल्लाको छायाँनाथ रारानगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिका गरि ४५ वटै वडातहमा ४ हजार ६ सय माओबादी केन्द्रका पार्टी सदस्य रहेको शाहीको बताए ।


नेकपा माओवादी केन्द्रले मुगुको चार स्थानीयतहको वडातह देखि जिल्लासम्म संगठन सृदृढीकरणमा बिशेष रुपमा जोड दिएको जिल्ला संयोजक सुकविर बुढाले वताए ।

You May Also Like