भरतपुरमा रेनु दाहालको अग्रता


चितवान, १ जेठ ।

भरतपुर महानगरमा रेनु दाहालले अग्रता कायमै गरेकी छन् । भरतपुरमा ३,१६८ मत गणना हुँदा गठबन्धन उम्मेदवार रेनुले १,१७८ मत लिएर अग्रता भएकी हुन् ।

उनलाई पछ्याइ रहेका नेकपा एमालेका विजय सुवेदी १,०६८ मतका साथ पछिपछि छन् । रेनु र विजयको मत अन्तर ११० छ । स्वतन्त्र उठेका जगन्नथा पौडेलले ४११ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी १,०५९ मतसहित अग्रता लिइरहेका छन् । एमालेको सहयोगमा चुनाव लडेकी राप्रपाकी हिमला गुरुङले ७२८ मतका साथ अधिकारीलाई पछ्याइरहेकी छन् ।

You May Also Like