व्यवस्थित सुन्दर ठमेल वनाउनको लागी कोषध्यक्षमा उम्मेद्धारी – रामकुमार थपलिया

ठमेल पर्यटन बिकास परिषद्को भोली २५ गते हुने निर्वाचनको तयारी अन्तीम चरणमा पुगेको छ । बर्तमान अध्यक्ष समिर गुरुङ, कार्यसमिति सदस्य अर्जुनलाल प्रधान र बर्तमान उपाध्यक्ष प्रकाशनरसिंह राणा बिच नेतृत्वमा त्रिपक्षिय भिडन्त हुने देखीएको छ ।

प्रकाशनरसिंह राणा समुहबाट कोषाध्यक्षका उमेद्धवार बनेका राम कुमार थपलिया सधै ठमेलको हितमा लागेका सफल व्यवसायी हुन ।


हाम्रो ठमेल राम्रो ठमेल भन्ने नाराका साथ चुनाबी मैदानमा उत्रिएका थपलियाले पर्यटनको मुट्टु ठमेललाई व्यवस्थित, ठमेलका नकारात्मक धारणालाई सकारात्मक बनाउँदै, ढल व्यावस्थापन, बत्तीको तार व्यावस्थापन, पर्यटकीय नगरीको रुपमा बिश्वबजारमा ठमेललाई फैलाउनुका साथै पर्यटको बसाई लम्व्याउन तथा सुरक्षाको बिषयमा आफ्नो समुह लागिपरेको बताएका छन । ठमेलका पर्यटन व्यवसायी, घरधनिका समस्या र हितमा सधै लागिपर्ने भएकाले सम्पुर्ण मतदाताहरुलाई आफ्नो अमुल्य मत दिई विजयी गराउन अनुरोध गरेका छन

You May Also Like