कुकुरसँग समुद्रमा फसेका व्यक्तिको दुई महिनापछि उद्धार

एजेन्सी । कुकुरसँग समुद्रमा फसेका एक व्यक्तिको दुई महिनापछि उद्धार गरिएको छ । एक अस्ट्रेलियाली नाविक आफ्नो कुकुरसहित दुई महिनादेखि समुन्द्रमा फसेका थिए । टिम श्याडकले समुद्रको पानी पिएर र काँचो माछा खाएर आफ्नो पेट भरे ।

हालै ५१ वर्षीय टिम र उनको कुकुर बेलाको उद्धार गरिएको छ । टिमको अवस्था स्थिर रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् ।

सिड्नीमा बस्ने टिमले अप्रिलमा आफ्नो कुकुर लिएर मेक्सिको छोडेर फ्रेन्च पोलिनेसिया गएका थिए । त्यसपछि प्रशान्त महासागरमा आएको आँधीका कारण उनको डुङ्गा बिग्रियो र उनी समुद्रमा फसे ।

यसै हप्ता, टिमलाई हेलिकप्टरमा सवार एक टोलीले देख्यो । त्यसपछि उनलाई उद्धार गर्न सकिएको हो ।

नाइन न्युजलाई दिएको अन्तर्वार्तामा टिमले आफ्नो सङ्घर्ष ’bout भने, ‘समुद्रमा फसेको दिन मेरा लागि निकै कठिन थियो । म अहिले आराम गरिरहेको छु र राम्रो खाना खाइरहेको छु किनकि म लामो समयदेखि समुद्रमा फसेको थिएँ । मेरो स्वास्थ्य राम्रो छ ।’

टिमले माछा मार्ने हुकले आफूलाई धेरै मद्दत गरेको बताए ।

You May Also Like