सिता एयरको नेपालगन्ज – डोल्पा उडान सुरु

 

 

 

 

सिता एयरले नेपालगन्ज डोल्पा उडान सुरु गरेको छ । रारा एड्भेन्चर ट्राभल्स र त्रिपुरा होटल जुफाल डोल्पाको सहकार्यमा सिता एअरले डोल्पा उडान सुरु भएको हो । डोल्पाबासीले सधै भर माया गर्नु भयो भने नियमित हवाई उडान भै रहने हवाई मार्गबाट यात्रा गर्ने यात्रुबर्गहरुको सेवामा हरबखत तत्पर रहने त्रिपुरा होटलका संचालक बालकृष्ण डाँगिले बताए । 

सिता एयरको डोल्पा उडान भए संगै डोल्पाका प्रमुख पर्यटकिय स्थल फोक्सुण्डो, अपर डोल्पो लोर डोल्पो त्रिपुरा मन्दिर घुम्ने टुर प्याकेज छिटै ल्याउने रारा एड्भेन्चर ट्राभल्सका संचालक एवं कर्णालीका यूवा पर्यटन अभियानता देबिकृष्ण रोकायाले बताए । डोल्पा बासि र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गदै आवश्यकता अनुसार काठमाण्डौं देखि डोल्पा नेपालगन्ज देखि डोल्पा सुर्खेत देखि डोल्पा उडान गर्ने रोकाया बताउन्छन् ।

हवाई सेवाको माध्यमबाट डोल्पा जाने पर्यटक र यात्रुहरुलाई सिता एयरले उडान गरे संगै थप सहज हुनेछ । सिता एयरले कर्णालीमा विगत लामो समय देखि उडान गदै आईरहेको छ ।

प्लेन टिकट र कार्गो ढुवानिकालागी रारा एड्भेन्चर ट्राभल्स केन्द्रिय कार्यालय काठमाण्डौको ठमेल, नेपालगन्ज राझा एयरपोर्ट, सुर्खेतको एयरपोर्टमा र त्रिपुरा होटल जुफालमा सम्पर्क गर्न सकिन्छ ।

रारा एड्भेन्चर ट्राभल्स काठमाण्डौं ठमेल : ०१४५३५६६०/९८५८३९०९९२/३
रारा एड्भेन्चर ट्राभल्स नेपालगन्ज राझा एअरपोर्ट : ०८१५९०५१८/९८५८३९०९९३/७
त्रिपुरा होटल डोल्पा : ९८५१०१६७२६

Email:[email protected]/www.raraadventure.com

 

You May Also Like