रौतहटमा थप फेरी चारजनाको मृत्यु, ५६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट रौतहटमा थप चारजनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा रहेका दुई जना र जिल्ला बाहिर अन्य अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

अस्थायी कोभिड अस्पताल गौरमा उपचारका क्रममा रहेका गरुडा नगरपालिका–४ का ५६ वर्षिया महिला र गढीमाई नगरपालिका–८ का ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

यसैगरी वृन्दावन–४ हर्दियाका २४ वर्षीय युवकको नारायणी अस्पताल वीरगञ्जमा र फतुवा विजयपुर–७ का ६५ वर्षी पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा रौतहटमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५०५ पुगेको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा बढी राजपुर नगरपालिकामा १६ जना, कटहरियामा ९ र गढीमाईमा ७ जना रहेका छन् ।

You May Also Like