सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धी ४२ मुद्दा दर्ता

सुर्खेत। सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धी ४२ मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालय मार्फत निवेदन दिन आह्वान गरेको थियो ।

आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निवेदन संकलनका लागि सूचना निकालेको थियो ।

सुर्खेतमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म पीडितहरूको निवेदन संकलन गर्न सूचना निकालेको थियो । त्यसपश्चात सात दिनको सूचना थप गरिएको हो । अब आगामी आइतबारसम्म पीडितको निवेदन संकलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

You May Also Like