त्रिबेणी युवा क्लबद्धारा क्यान्सर पीडित वयकका लागि सहयोग रकम हस्तान्त्रण

अछामको ढकारी गाऊँपालिका वडा नं २ का २७ बर्षिय क्यान्सर पीडित रमेश बयकको उपचारको सहयोगार्थ संकलित रकम हस्तान्त्रण गरिएको छ । स्थानिय त्रिवेणी युवा क्लबको नेतृत्वमा संकलित रकम १ लाख २ हजार २ सय ७८ रुपैया क्यान्सर पीडित रमेश बयकका अंकल गगन बयकलाई बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । बिगत लामो समयदेखि भारतको हैदराबादमा उपचारारत क्यान्सर पीडित रमेश बयकलाई बचाउनका लागि त्रिवेणी यूवा क्लबका अध्यक्ष भिमेश रिमालको संयोजकत्वमा क्यान्सर पिडित रमेश बयक बचाउ अभियान थालिएको थियो ।

 

               सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं ढकारी गाऊँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भक्त बहादुर बुढाले सामाजिक कार्यमा सक्रिय रहेको त्रिवेणी यूवा क्लबले गरेको कामको प्रशंसा गरे । कार्यक्रमका वक्ताहरुले ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट, योजना अधिकृत जगत बहादुर सिंह र नेकपा ढकारी गाउँ संगठन कमिटीका अध्यक्ष धर्म बहादुर शाहीले क्यान्सर पिडित बयकको सिघ्र स्वास्थ्यलाभको कामना गरे । समाजमा आइपर्ने हरेक समस्याको समाधान गर्न युवाहरुको भूमिका महत्वपूर्ण रहने भन्दै त्रिवेणी युवा क्लबका अध्यक्ष भिमेश रिमालले आफूहरुले विभिन्न सहयोगीदाताहरुबाट संकलित रकमले क्यान्सर पीडित बयकको उपचारमा थोरै भए पनि राहात मिल्ने बताए । उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरु गर्न क्लब तयार रहेको जानकारी दिए ।

You May Also Like