जेठ ५ सम्म लगडाउन लम्ब्याउने मन्त्रि परिषदको निर्णय ।


काठमाण्डौं
बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै छ ।

सरकारले लकडाउनको समय वढाए पनि दैनिक कोरना संक्रणमितको संख्या निरन्तर बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्। भने तीमध्ये २२ जना निको भएका छन्

You May Also Like