जिएसएस मुगुद्धारा गिलाह गाउँका आगलागी पिडितलाई राहत बितरण

रारा सञ्चार: ग्रामिण सामुदायिक संस्था (जिएसएस) मुगुले गएको केही साता अगाडी जिल्लाको सोरुगाउँपालिको वडा नम्बर ८ मा रहेको गिलाहा गाउँ आगलागीका पिडितहरुलाई शुक्रबार राहत बितरण गरेको छ ।

जिएसएसको कार्यालयमा भएको कार्यक्रममा संस्थाले प्रति परिवार १५ हजार बराबरका बिभिन्न किसिमका घर सञ्चालनमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको हो । सामाग्रीहरुमा लता कपडा, भाडाकुडा र खाद्यन्न लगायतका रहेका छन् ।

युएमएन मुगुका क्लष्टरको आर्थिक सहयोगमा तथा जिएसएसको समन्वयमा राहत सामाग्री बितरण गरिएको हो । आगलागी पिडित घरपरिवारहरुको घर सञ्चालनमा सामान्य रुपमै भएपनि सहजता ल्याउनका लागी सहयोग गरिएको ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुका अध्यक्ष बलराम सहानीले बताउनुभएको छ ।

You May Also Like