बगाले बगेडी अति संकटापन्नको सूचिमा ‘चराका ०७ तस्विर सहित’ (फोटो फिचर)

काठमाडौं: अन्धविश्वास र संरक्षणमा चासो नपुग्दा बगाले बगेडी चरा अति संकटापन्नको सूचिमा परेको छ । नेपाल, चीन, भियतनाम लगायत देशमा पाइने यो चरालाई वातावरणको अध्ययन गर्ने संस्था इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर एण्ड बर्ड लाइफ इन्टरनेसनलले अति संकटापन्न को सूचिमा राखेका हुन् ।

यसको मासु खादा यौन शक्ति बढ्ने अन्धविश्वासका कारण चराको शिकारी बढेकोर संरक्षणमा कुनै निकाय चनाखो नहुँदा अति संकटापन्नको सूचिमा परेको चराविद्  हेमसागर बरालले बताउनुभयो । भंगेरा जस्तै देखिने यो चरा पहिले पहिले  सयौँको संख्यामा बगालमा हिँड्ने गरेकोमा  अहिले एक दुई वटा पनि भेट्न मुश्किल भएको उहाँले जानकारी दिनुभयो । 

नेपालका रेस्टुरेण्टमा समेत बगाले बगेडी चराको मासु बिक्री हुँदा समेत संरक्षणमा सरकारले चासो दिन सकेको छैन । यो चरा संरक्षणमा ध्यान नदिए अबको  एक दुई वर्षमा विश्वबाटै लोप हुने खतरा रहेको चराविद् बरालले बताउनुभयो । छातीमा  पहेलो रंग हुने हुँदा बगाले बगेडी चरालाई अंग्रेजीमा येल्लो ब्रेस्टेड बन्टिङ भनिन्छ । 

चरालाई ०७ तस्विरमा हेरौँ

Image result for बगाले बगेडी चरा

Related image
Image result for बगाले बगेडी चरा
Image result for बगाले बगेडी चरा
Related image
Image result for बगाले बगेडी चरा

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like