लिफ्ट मागेर मोटरसाइकल चढेका सुनारको खसेर मृत्यु

काठमाडौं: काठमाडौंको आरुबारीमा गुडिरहेको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । बा ३३ प ६४१४ नम्बरको मोटरसाइलबाट खस्दा बौद्धका ६३ वर्षका जयलाल सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

सुनारले ललितपुरको जावलाखेलका आशिष तामाङको मोटरसाइकालमा लिफ्ट मागेर चढ्नुभएको थियो । मोटरसाइकल चालक तामाङलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

You May Also Like