सगरमाथा आरोहण गरेर फर्किए गायक राजु लामा

रारा पञ्चार,
काठमाडौं, ५ जेठ ।

गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्। उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए।

सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए।

उनले भने, ‘सगरमाथाको चुचुरोमा पुग्दा मलाई यति गर्व भयो कि हामी यस्तो सुन्दर देशमा छौं। नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल छ। त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाएँ ।’गायक लामाले सोमबार बिहान सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । जलवायु परिवर्तनको असर’bout सन्देश दिन सर्वोच्च शिखर चढेका लामाले सगरमाथाको ६,५७४ मिटर उचाइमा एकल कन्सर्टसमेत गरेर कीर्तिमान बनाएका छन् । यो नै विश्वकै उच्च स्थानमा गरिएको कन्सर्ट हो ।

इम्याजिन नेपाल एक्सपिडिसनले बिहान ४ बजेदेखि ६ बजेर ४० मिनेटसम्ममा आफ्नो टिमका सबै जना सगरमाथाको चुचुरोमा पुगेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

इम्याजिन नेपाल एक्सपिडिसनका तर्फबाट २७ जनाले सगरमाथा चुमेका छन् । आरोहण दलको नेतृत्व मिङ्मा जीले गरेका थिए । उनले भने अक्सिजनबिनै चुचुरो चढेको जनाइएको छ । इम्याजिन नेपाल एक्सपिडिसन ग्रुपमा नेपाल, चीन, अष्ट्रेलिया, रुस लगायतका आरोही सहभागी छन् ।

You May Also Like