जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी


जुम्ला, १ जेठ ।

जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका(८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको हो ।

वडा नम्वर ८ का दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

वडा अध्यक्षमा कामीले २ सय ८८ मत प्राप्त प्राप्त गर्दै विजय हात पारेका छन् भने, पछ्याएरहेको काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए ।

वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले विजय हात पारेका छन्, भने महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भएको जजनाइएको छ ।

You May Also Like