खत्याड गाउँपालिकामा माओवादी केन्द्रका अज बहादुर शाही विजयी


मुगु, ४ जेठ ।

मुगु जिल्लाको खत्याड गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अज बहादुर शाही विजयी भएका छन् । शाहीले ३५२१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै उनका पर्तिद्धन्दी नेकपा (एमाले)का लाल बहादुर मल्लले २६२१ मत प्राप्त गरेर पराजय भएका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी सरिता रोकाया विजयी भएकी छन् । रोकायले नकपा एमालेकी कविता गिरीलाई पछि पार्दै विजयी भएकी हुन् । खत्याड गाउँपालिकामा सत्ता गठबन्धन र नेकपा (एमाले) प्रतिशपर्दामा उत्रेका थिए ।

त्यस्तै गाउँपालिमा रहेका ११ वडा मध्ये पाँचओटा वडामा माओवादी केन्द्रले विजयी हाँसिल गरेको छ । नेपाली काँगैस र नेकपा एमालेले तीन तीन वाडा अध्यक्षामा जित हात पारेका छन् । वडा नम्वर १ मा सिंह बहादुर बुढा माओवादी केन्द्र, २ मा हेमराज मल्ल नेपाली काँग्रेस, ३ मा रन्नु बानियाँ एमाले, ४ मा जय बहादुर रावल माओवादी केन्द्र, ५ मा चित्र बहादुर बुढा नेपाली कांग्रेस, ६ मा भरत बहादुर शाही माओवादी केन्द्र, ७ मा गोविन्द प्रसाद संज्याल नेपाली कांग्रेस, ८ मा सिवलाल गिरी एमाले, ९ मा लोकेन्द्र भण्डारी माओवादी केन्द्र, १० मा कर्ण बहादुर शाही एमाले र ११ नम्वर वडामा रामकृष्ण कार्की माओवादी केन्द्रले विजयी हाँसिले गरेको निर्वाचन प्रमुखको कार्यलयले जनाएको छ ।

You May Also Like