काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्र स्थानमा


काठमाडौं, १ जेठ ।

वैशाख ३० गते सम्मपन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् । कुल ६४७३ मत गणना हुँदा साहले २४५७ मत ल्याएका छन् ।

बालेनद्रलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४२७ मतका साथ दोस्रो स्थानमा रहेका छन्, भने गठवन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ११६८ मत पाएकी छन् ।

You May Also Like