कोरोनाबाट एक जनाको मृत्यु, १०४ संक्रमित थपिए

काठमाडौं । सोमबार थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। साथै एकजनाको मृत्यु पनी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टी गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १६३२ नमुना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७१ र एन्टीजेनबाट १०६१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट ४१ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ६० जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७९ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

You May Also Like