नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्षमा पर्यटन अभियानता रोकाया

काठमाडौं । अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन । काठमाडौंमा सम्पन्न संगठनको प्रथम अधिवेशन मार्फत उपाध्यक्षमा चयन भएका हुन् । नयाँ केन्द्रिय कमिटी ५१ सदस्यिय रहेको छ । देशको मुख्य आर्थिक श्रोतका रुपमा स्थापित पर्यटन क्षेत्र संग सम्बन्धित गतिविधीहरु सञ्चालन गर्दै आएको संगठनको ५१ सदस्यिय केन्द्रिय कमिटी रहेको छ ।

यसअघि उनि कर्णाली पर्यटन उद्यमि समाजको अध्यक्ष, नेपाल भ्रमण वर्ष २०२० को सदस्य, भिटोफ नेपालमा केन्द्रिय सदस्य, नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक (कर्णाली) लगायतका पदहरुमा रहि कार्यसम्पादन गरेको अनुभव रहेको छ ।  राराको पर्यटनमा दिलो ज्यान दिएर लागि परेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटन बिकासमा कार्यरत छन । ‘कर्णाली बिना नेपालको पर्यटन अधुरो र अपुरो हुन्छ’ चयन भएपछि रोकाया भन्छन् ‘कर्णालीको भविष्य पनि पर्यटनमै छ ।’ यसका लागी आधार स्तम्भहरु निर्माणमा आफु सक्रिय हुने उनको भनाई छ । रोकाया रारा एडभेन्चर प्रा. ली., रारा ईको रिसोर्ट · र रारा मुर्मा होमस्टेका संचालक समेत हुन ।

You May Also Like