बन्द रहेको विराटनगर जुट मिल्स पुन: सञ्चालनमा

विराटनगर- २०७२ भदौ १९ गतेदेखि पूर्ण रुपमा बन्द रहेको मुलुकको पुरानो कारखाना विराटनगर जुट मिल्स आइतबारबाट पुन: सञ्चालनमा आएको छ।

नयाँ व्यवस्थापनमा अहिले ३ करोडको लागतमा मिल्स सञ्चालनमा आएको हो। थप २ करोड पुँजी लगानी गरी आउँदो पुसदेखि दुवै मिल्स पूर्ण सञ्चालनमा ल्याइने प्रबन्ध निर्देशक निलहरि काफ्लेले बताए। मिल्सलाई सिसी क्यामेराको निगरानीमा राखिने समेत उनले बताएका छन्।

८४ वर्षीय वृद्ध मिल्सका सञ्चालक सदस्य मुकुन्द नेपालले पूजा गरेपछि मिल औपचारिक रुपमा सञ्चालनमा आएको हो।

आर्थिक अवस्थाका कारण सञ्चालनमा समस्या आएपछि सरकार तथा तत्कालीन व्यवस्थापनले भारतीय विलसम इन्टरनेसनल कम्पनीलाई सो मिल्स जिम्मा लगाएको थियो। तर सो कम्पनीले २०७२ भदौ १९ यता मिल्स सञ्चालन गर्न सकेन।

मिल्समा कूल ९३ हजार ७५० कित्ता शेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता शेयर रहेको छ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like