हुम्लामा खोलाले बगाउँदा एकजना बेपत्ता

हुम्ला । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी रहेका छन् ।

उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि पुगेका थिए । खोलामा पानीको बहाव बढेपछि बाढीले घट्टसहित बगाएको थियो ।

हुम्ला प्रहरीकाअनुसार बाढीले ३० बोरो अन्न पनि बगाएको छ । बेपत्ता भएका उनको खोजी कार्य जारी रहेको छ ।

You May Also Like