पश्चिम दैलेखमा बँदेल आतंक: संसदमा रोकथामको माग

सुर्खेत । पश्चिम दैलेखमा बँदेलले बालीमा क्षति पुर्याएको भन्दै संसदमा आवाज उठेको छ । पश्चिमका ठाटीकाँध गाउँपालिका तथा आठबिस नगरपालिकामा बँदेलको आतंकले किसानले लगाएको बर्खेबाली ठुलो मात्रामा क्षति भएको छ ।

मकै र धान खेतीमा बँदेलले क्षति गर्ने हुँदा स्थानीय पाल टाँगेर बारीमै जाग्राम बस्नुपर्ने बाध्यता छ । शुक्रबारको प्रदेश सभा बैठकमा उक्त क्षेत्रकी सांसद गमता विकले बँदेल आतंक रोक्न सरकारसँग माग गरिन् ।

सांसद विकले किसानलाई उचित क्षतिपूर्तिसहित राहत उपलब्ध गराउनुपर्ने र बँदेल आतंक रोक्न पनि राज्यले ध्यान दिनुपर्ने बताइन् ।

खास गरी, आठबिस नगरपालिका–१ चिनेजिउला, ठाटीकाँध गाउँपालिकाको जिउनी लगायतका ठुला धाने खेतहरुमा २०७८ सालयता बँदेलकै कारण धेरैले रोपाइँ गर्नसमेत छाडिसकेका छन् ।

साथै, हाल मकैमा बारीमा समेत ठुलो मात्रामा क्षति गर्ने गरेको छ । किसानहरु मकै बारीको छेवैमा पाल हालेर कुर्नुपर्ने र त्यसो गर्दा पनि खेती बचाउन नसकिएको भन्दै विकले सरकारको ध्यानाकर्षण गरिन् ।

You May Also Like