मेस्सी स्टाइलमा खेलाडीहरूको ट्रफी पोज

काठमाडौँ । एसीसी प्रिमियर कप उपाधि जित्दै नेपाल यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा छनोट भएको छ । मंगलबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो ।

ऐतिहासिक जीतमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । उता नेपाली खेलाडीहरूको खुसीयाली मनाउने क्रम पनि जारी रहेको छ । कीर्तिपुरस्थित मैदानमा प्रतियोगिताको ट्रफीसहित दर्शकसँग खुसी साटेका खेलाडीहरूले होटल पुगेपछि ट्रफीसँग फोटोसुट गरेका छन् ।

कप्तान रोहित पौडेल, सोमपाल कामी र करन केसीले ट्रफीसँगै सुतेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । यी फोटोलाई नेपाली क्रिकेट समर्थकहरुले निकै रुचाएका छन् ।

यसअघि, विश्वकप फुटबलको उपाधिसँगै सुतेर अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले खिचेको फोटो भाइरल बनेको थियो ।

You May Also Like