गुठिचौर गाउँपालिकाकी उपाध्यक्षले अध्यक्षलाई कुटिन्, प्रहरीमा उजुरी

काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले सोही पालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी छन् । गाउँ कार्यपालिकाको बैठकमा नै मल्लले बुढामाथि हातपात गरेकी हुन् ।

अध्यक्षले बजेटमा मनपरी गरेको आरोप मल्लको छ । अध्यक्ष बुढाले भने आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

‘कार्यपालिकाको बैठकमा हातपात भएको भन्दै उजुरी आएको छ,’ जुम्लाका प्रहरी प्रमुख प्रह्लाद कार्कीले भने, ‘उहाँहरूकै आन्तरिक विषय हो ।’

बैठकमा उपस्थित एक जनप्रतिनिधिका अनुसार उपाध्यक्ष मल्लले अध्यक्ष बुढामाथि सुरुमा चप्पल प्रहार गरेकी थिइन् । तर, चप्पलले नलागेपछि मल्लले हातपात गरेकी थिइन् । उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् भने अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

You May Also Like