पुग्नेछौं सफलताको शिखरमा एकदिन “गजल” गणेश दत्त भट्ट

काठमाडौ, २०७७ असार ११ गणेश दत्त भट्ट

जागौँ उठौँ लागौँ लक्ष्य प्राप्तिमा आऊ ।
विश्वास र धैर्यतालाई मनमा पाल्दै जाऊ ।।

सजिलै कहाँ सकिन्छ र लक्ष्यमा पुग्न ।
हो आतिएको मनलाई सम्हाल्दै जाऊ ।।

आउँछन् जीवनमा उकाली ओराली ।
तरपनि एकनास पाइला चाल्दै जाऊ ।।

मनलाई खुसी राख्न गीतसंगीत हैन ।
प्राप्त लक्ष्यको धुनसँगै नाच्दै जाऊ ।।

पुग्नेछौं सफलताको शिखरमा एकदिन ।
सोचविचार निम्न हैन उच्च राख्दै जाऊ।।

You May Also Like