संसद् बैठक अवरुद्ध गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘संसद्ले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भास्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन दिल्लीबाट बन्छ भनेर के स्थापित गर्न खोजेको हो रु ’बर्तौलाको भनाइ छ ।

उनले प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति सामान्य नभएको भन्दै प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाएको पनि बताए ।

प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए । यद्यपि यस’bout प्रचण्डले बुधबार आफूले प्रितम सिंहले बोलेको कुरा बोलेको भन्दै प्रष्टीकरण दिएका छन् ।

You May Also Like