नेपालगञ्जको धम्बोजीमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा तनाव

बाँके, १९ जेठ ।

नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्र चोक तनाव ग्रस्त भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुदा प्रहरी र राजावादीबीच झडप भएको हो ।

नेपालगञ्ज प्रहरीका अनुसार राजावादीहरुले पूर्व राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेको थियो । सोही निहुँमा राजावादीका कार्यक्रर्ताले प्रहरीलाई ढुंगामुडा गरेपछि तनाव ग्रस्त भएको हो ।

प्रहरीले स्थीति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर समेत गरेकोथियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् ।

You May Also Like