इजरायली सेना जेनिन शहरबाट फिर्ता

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट इजरायली सेना फिर्ता हुन थालेका छन् ।

इजरायली सेना फिर्ता भएपछी सो शहरमा २ दिनसम्म चलेको भिडन्त पनि समाप्त भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकबादविरुद्धको लडाई हाललाई रोकेको भन्दै सेना फिर्ता भएको जनाउनु भएको हो ।

यस्ता मिसन भविश्यमा पुनः सञ्चालन हुने चेतावनी समेत उहाँले दिनुभएको छ । २ दिन सम्मको भिडन्तमा १२ जना प्यालेस्टाइनी र एक जना इजरायली सेनाको मृत्यु भएको थियो । इजरायली सेनाको आक्रमणबाट तेल अबीबको ब्यस्त बजारमा ७ जना सर्वसाधारण घाइते भएका छन् ।

जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी इजरायली सेनाले हवाई तथा स्थल आक्रमण गरेको थियो । आक्रमणबाट सय जनाभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् ।

You May Also Like