एयर इन्डियालाई ३६ हजार बढी अमेरिकी डलर जरिवाना

एजेन्सी । भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’ लाई ३६ हजार ४ सय ९६ अमेरिकी डलर जरिवाना गरेको छ ।

भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लघंन गरेको पाइएपछि जरिवाना गरिएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय ९डीजीसीए० का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गत फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डीजीसीएले पाइलटको लाइसेन्स ३ महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो ।

अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लघंन गरेकोमा दोषी ठहर गरेको थियो ।

You May Also Like