फुटवल स्टार नेयमारलाई ३३ लाख डलर जरिवाना

एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमारलाई ३३ लाख डलर जरिवाना भएको छ। दक्षिणपूर्वी ब्राजिलको समुद्री किनारमा महल बनाउने क्रममा वातावरणसम्बन्धी नियम मिचेको भन्दै उनलाई अधिकारीहरुले जरिवाना गरेका हुन।

विलासी महल बनाउने क्रममा स्वच्छ पानीको मुहान तथा ढुंगाबालुवा सम्बन्धी नियम मिचेको उनीमाथि आरोप छ। ब्राजिलको दक्षिण किनारमा अवस्थित मंगरातिबामा उनको घर छ। सोही सहरमा महल बनाउँदा कृत्रिम ताल बनाउने क्रममा उनले नियम उल्लंंघन गरेको बताइएको छ।

ल्क्ष्ऋ ब्कष्ब
यस विषयमा उनका प्रवक्ताले कुनै प्रतिक्रिया जनाएका छैनन्। स्थानीय सरकारी वकिल, प्रहरी र वातावरण संरक्षण कार्यालयले यो विषय जाँच गर्ने पनि जनाइएको छ।

You May Also Like