रूसद्वारा युक्रेनका मुख्य शहरहरूमा भीषण हवाई आक्रमण

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा भीषण हवाई आक्रमण तीव्र पारेको छ ।

मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको हो । सोही आक्रमणमा परी ५ जना घाइते भएका छन् । रुसले कीभमा विगत ८ दिनमा गरेको यो चौंथौ आक्रमण हो ।

करिब ६० वटा ड्रोनबाट एकसाथ आक्रमण गरिएको यो आक्रमणलाई कीभका मेयर भिटाली क्लित्सकोले रुसले कीभमाथि गरेको अहिलेसम्मको सबै भन्दा ठूलो आक्रमण भनेका छन् । रुसले हरेक वर्षको मे ९ तारिखमा आफ्नो विजय दिवस मनाउने गरेको छ । रूसले त्यसको पूर्वसन्ध्यामा युक्रेनमाथिको हवाई आक्रमण ब्यापक रूपमा गरेको हो ।

रुसले सन् १९४५ मा दोस्रो विश्व युद्धको क्रममा तत्कालिन जर्मन नाजी सेनालाई परास्त गरेको दिनको सम्झनामा हरेक वर्ष मे ९ तारिखमा विजय दिवस मनाउँदै आएको छ ।

You May Also Like