सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कारोबार भइरहेको छ ।


हिजो ४०० रुपैयाँले बढेको छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायममा कारोबार भइरहेको छ ।

You May Also Like