गाउँ पर्यटन प्रवर्द्धन मञ्च-नेपाल (भिटोफ) को २४ औं वार्षिक साधारण सभा स्थगित

काडमाण्डौं – गाउँ पर्यटन प्रवर्द्धन मञ्च – नेपाल (भिटोफ) को चौबिसौँ वार्षिक साधारण सभा स्थगित गरिएको छ । आज बसेको भिटोफ कार्यसमितिको ४० औं वैठकले उक्त निर्णय गरेको हो । यहि भदौ १५ गतेका दिनमा वार्षिक साधारण सभा हुने मिति तय गरिएको भए पनि हाल विश्व भर महाँमारीको रुपमा फैलिएको कोभिट १९ का कारण नेपाल सरकारले कोरोना नियन्त्रका लागी लगडाउनका गर्नुका साथै भेला, सभा, सम्मेलन गर्न रोक लगाएको र अहिले मानव जिवनकालागी विशेष परिस्थित भएकाले अहिलेकै अवस्थामा साधारण सभा गर्न नसकिने भएकाले अर्को सुचना जारी नभए सम्मकालागी २४ औं वार्षिक साधारण सभा स्थगित गरिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)  नेपालकी महाँसचिव जस्फा पाण्डेले जानकारी दिनु भयो ।

महाँसचिव पाण्डेले परिस्थिति सहज भएपछि अर्को सूचना प्रकाशित गरी साधारण सभाको अर्को मिति प्रकाशित गर्ने र उक्त साधारण सभाबाट नयाँ कार्य समिति चयन गर्ने वताउनु भयो । साथै भिटोफ नेपालले नविकरण हुन बाँकी सदस्यहरुलाई नविकरण संगै नविकरण बक्यौता रकम पनि संस्थाको बैक खातामा नविकरण शुल्क पठाईदिन नुरोध गरेको छ ।

You May Also Like