बजेटमा असन्तुलन छ: मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो । उहाँले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो ।

मन्त्री किराँतीले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताउनुभयो । उहाँले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताउनुभयो ।

मन्त्री किराँती सकभर देशभर सञ्चालन हुने गरी बढीभन्दा बढी साना-साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताउनुभयो । त्यस्तै, प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको छ बताउनुभयो । उहाँले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दवाव नदिएको स्पष्ट पार्नुभयो ।

You May Also Like