माओवादी उपाध्यक्ष सापकोटा सहितको टोली चीन प्रस्थान

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सहितको २० सदस्यीय टोली आज चीन प्रस्थान गरेको छ । पूर्व सभामुख सापकोटा सहितको टोली आजै चीनको छिन्दुका लागि हिँडेको हो ।

सापकोटासहित सचिव डिलाराम आचार्य, हितमान शाक्य, गणेश शाह सहित प्रदेश अध्यक्ष, जनवर्गीय संगठनका नेताहरु चीन जान लागेको भ्रमण दलका सदस्य जिपी मैनालीले बताए । चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच दुई देशबीचका अनुभव आदनप्रदान गर्ने उद्देश्यका साथ चीन भ्रमणमा जान लागेको मैनालीले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका अरु पार्टीबीच पनि अनुभव आदनप्रदान गर्न नियमित भ्रमण हुँदै आएको छ । यो बीचमा कोरोना महामारी भएकाले भ्रमण रोकिएको थियो ।

You May Also Like