पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

आयोगले ढकालमाथि १ करोड ४४ लाख रुपैयाँ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

२०७४ साउन ३२ देखि २०७९ जेठ ३० गतेसम्म कोषको सदस्य–सचिव रहेका ढकालले यस अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गर्दा उक्त रकम गैरकानूनी रहेको खुलेको अख्तियारको आरोप छ ।

अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको प्रवत्ता भोला दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You May Also Like