काठमाडौंमा इनारका डुबेर दुइजनाको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा सोमबार बिहान इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक केदार रिजालका अनुसार मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेका छन् । रिजालका अनुसार दुबैजना घरमा रङको काम गर्ने रहेका छन् । इनार भित्र रहेको पानी तान्ने मेसिन निकाल्ने क्रममा पहिला लिम्बु इनारमा पसेका थिए ।

पछि उनलाई बचाउन जाँदा गुरुङको पनि मृत्यु भएको हो । अक्सिजनको कमीका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

You May Also Like