न्याय परिषद्को बैठक बस्दै

काठमाडौं । उच्च अदालतमा रिक्त रहेका ४१ न्यायाधीशको पदपूर्तिका लागि सोमबार न्याय परिषद्को बैठक बस्ने भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने भएको छ । हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ । तर, यसअघि बनेको कार्याविधिका आधारमा सोमबार २७ जना न्यायाधीश नियुक्ति हुने संभावना रहेकोे छ ।

नियुक्त हुनेहरु मध्ये आधा जिल्ला न्यायाधीशबाट, २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी रहेकोे छ ।

उच्च अदालतमा न्यायाधीश बन्न जान इच्छुक २५ जना अधिवक्ताको सूची न्याय परिषद्ले तयार पारिसकेको छ । बाँकी १४ जना र त्यसपछि रिक्त हुने न्यायाधीशको हकमा सर्ट लिस्ट तयार नभइसकेको बुझिएको छ ।

हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि पहिलो पटक न्याय परिषद्को बैठक बस्न लागेको हो ।

You May Also Like